
बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमारविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूले खेलेको पछिल्लो विज्ञापनका कारण उनी समस्यामा परेका हुन् ।
विज्ञापनका कारण अभिनेता अक्षयविरुद्ध मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको छ ।
उनीमाथि मराठी समुदायको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ । अक्षयले हालै एक लुगा धुने पाउडर (डिटरजेन्ट) को विज्ञापनमा अभिनय गरेका थिए ।
सो विज्ञापनमा उनी मराठी भूमिकामा देखिएका छन् । युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ । त्यतिबेला एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहोर भएको गुनासो गर्छिन् । त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ ।
विज्ञापनमा अक्षय राजाको रूपमा नाच्दै बाल्टिनमा लुगा धोइरहेको देखिन्छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।