१४ असार २०८३, आइतबार

ट्रकसँग ठोक्किंदा बसमा लाग्यो आगो, २० जनाको मृत्यु

ट्रकसँग ठोक्किंदा बसमा लाग्यो आगो, २० जनाको मृत्यु

भारतमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा त्यसमा सवार कम्तिमा २० जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, २१ जनालाई बसबाट उद्धार गरिएको छ । कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन् । 

यो घटना उत्तरप्रदेशको कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँको हो । स्थानीय मिडियाका अनुसारमा बसमा ५० जना यात्रुहरु थिए । एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो लागेको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई दुई(दुई लाख र घाइतेहरुलाई ५० हजार भारु राहत दिने घोषणासमेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्