०२ असार २०८३, मंगलबार

सरकार नयाँ शहर निर्माणमा लागेको छ : राज्यमन्त्री मानन्धर

सरकार नयाँ शहर निर्माणमा लागेको छ : राज्यमन्त्री मानन्धर

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ सहर निर्माणमा लागेको बताएका छन् ।

म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७ औं वार्षिक साधारणसभाका अवसरमा शनिवार आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले उपत्यका नजिकका क्षेत्रमा नयाँ शहर निर्माणमा सरकार लागेको बताए ।

‘उपत्यकाभित्र हैन, उपत्यकाबाहिर नयाँ शहर निर्माणका लागि डीपीआर बनाउने काम भइरहेको छ,’ उनले भने । 

राज्यमन्त्री मानन्धरले उपत्यकाभित्रको बाग्मती, धोबीखोला करिडोरलाई व्यवस्थित बनाउन सरकार लागिरहेको उल्लेख गरे । वाग्मती व्यवस्थापन गर्न नसकिए काठमाडौं व्यवस्थित हुन नसक्ने उनको भनाइ थियो । सरकारले धेरै ऐन कानून निर्माण गर्नुपर्ने भएकाले विकास निर्माणका काम सोचेजस्तो अगाडि बढाउन नसकेको स्वीकार गरे । ऐतिहासिक र सांस्कृतिक महत्त्वको धनी उपत्यकामा नेपाल भ्रमण वर्षमा जतिसक्दो धेरै पर्यटक भित्र्याउन लाग्नुपर्ने उनको भनाइ थियो । 

पूर्वमन्त्री रामकुमार श्रेष्ठले म्हैपी क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । ‘आफ्नो लागिभन्दा पनि समाजका लागि काम गरौं,’ उनले भने । समितिका अध्यक्ष कृष्णमान श्रेष्ठले म्हैपी मन्दिरसम्म जानका लागि घुम्ती बाटो निर्माण अहिलेको प्राथमिकता भएको बताए ।

‘घुम्ती बाटो निर्माणका लागि काठमाडौं महानगरपालिकाले गरेको ५० लाख रुपैयाँ सहयोगले मात्रै हुन सक्दैन,’ अध्यक्ष श्रेष्ठले भने । विक्रम संवत् २०५८ सालमा म्हैपी मन्दिर र वन क्षेत्रको संरक्षणका लागि स्थापना भएको समितिले हाल म्हैपी मन्दिरलाई नमूना मन्दिरका रुपमा विकास गर्न विभिन्न किसिमका सामाजिक काम गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्