०८ असार २०८३, सोमबार

बुटवलमा दौडिए रक्षामन्त्री पोखरेल !

पुस २६, २०७६
बुटवलमा दौडिए रक्षामन्त्री पोखरेल !

पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा शनिवार नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटर बुटवलले भिक्टोर म्याराथुल युनिटी दौडको आयोजना गर्‍यो ।

दौडमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि दौडिए । दौडमा पोखरेलसहित प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेल र मन्त्रीहरूले ५ किलोमिटरको दूरी दौडेर पार गरेका थिए । 

दौडमा सेनाका अधिकारी र जवान सहितको टोलीसँग म्याराथुनमा दौडिन सयांैको संख्यामा नागरिकसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानहरू शनिवार बिहानै बुटवलको सडकमा निस्केका थिए ।

सेनाले आयोजना गरेको म्याराथुन प्रतियोगिता शनिवार बिहान ८ बजे बुटवल बहुमुखी क्याम्पसबाट शुरू भई जितगढी किल्लामा पुगेर समापन भएको थियो । म्याराथुन प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण नागरिकले समेत भाग लिएका थिए । 

सेनाको मध्यपश्चिम पृतना हेडक्र्वाटरले आयोजना गरेको भिक्टर म्याराथुन युनिटी रनमा ५, १०, २१ र ४२ किलोमिटर म्याराथुन प्रतियोगितामा आयोजना गारिएको हो । म्याराथुन प्रतियोगिताको विजयी धावकहरूलाई पुरस्कार वितरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै संघीय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको सीमा रक्षाको सवालमा कहीँकसैसँग सम्झौता नगरिने दृढता व्यक्त गरे ।

उनले राष्ट्रिय अखण्डता र सर्वभौमिकताको रक्षाको विषयमा सरकार सधै संवेदनशील रहेको बताउँदै ऐतिहासिक तथ्य प्रमाणको आधारमा सीमाहरू रक्षा गर्न नेपालीहरू एकजुट रहेको उद्घोष गरे ।

विश्व विजेता अंग्रेजलाई परास्त गर्ने लडाइँमा नेपाली सेनाको कमाण्ड गर्ने कर्णेल उजीर सिंहको सम्मान तथा सरकारको भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउन नेपाली सेनाले म्याराथुनको कार्यक्रम राखेको मध्यपश्चिम पृतना हेड क्वाटरका पृतनापति सिताराम खड्का बताउँछन् । 

४२ किलोमिटर दौडमा रिमाल प्रथम

सेनाले आयोजना गरेको म्याराथुनमा ४२ किलोमिटर अन्तर्गत पुरुषतर्फ हरिकुमार रिमालले २ घण्टा ३१ मिनेटमा दूरी पार गरी प्रथम भएका थिए भने राजन रोकायाले २ घण्टा ३२ मिनेटमा पार गर्दै दोस्रो र कल्याण बानियाँले २ घण्टा ३५ मिनटमा दूरी पार गरी तेस्रो भएका थिए । 

महिलातर्फ कान्छीमाया क्वजु २ घण्टा ५६ मिनेटमा पार गरी प्रथम रमिता बासी ३ घण्टा १२ मिनटमा पूरा गरी दोस्रो र कृष्णेश्वरी सिम्ता ३ घण्टा ३२ मिनेटमा पार गरी तृतीय बनेकी थिइन् । २१ किलोमिटर दौडमा गजेन्द्र राई प्रथम, रामजी बस्नेत द्धितीय र मिलन कार्की तृतीय बनेका थिए भने महिलातर्फ विश्वरुपा बुढा प्रथम, पूर्णलक्ष्मी न्यौपाने दोस्रो र रेखा बिष्ट तृतीय बनेकी थिइन् । १० किलोमिटर पुरुषतर्फ शिव रायमाझी प्रथम, विकास राई द्वितीय र गणेशसिंह ठकुरी तेस्रो भएका थिए भने महिलातर्फ सानुमाया कार्की प्रथम, सिता श्रीस द्वितीय र सिता चौधरी तृतीय भएकी थिइन् ।

विजयी धावकलाई बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी तथा संघीय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नगद, शिल्ड तथा प्रमाणपत्र वितरण गरे । 

कर्णेल उजीर सिंह किल्ला जितगढीमा आयोजना गरिएको समापन कार्यक्रममा युद्ध संगीतमा आधारित सरायानाच तथा विजयी उत्सव नाच नेपाली सेनाले प्रदर्शन समेत गरेको थियो । स्थानीय विद्यालयका विद्यार्थीको राष्ट्रिय भावनामा ओतप्रोत भएको नृत्यले सहभागिलाई मनोरञ्जन प्रदान गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्