०३ साउन २०८३, आइतबार

दोलखा जिल्लाको विकास गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ

दोलखा जिल्लाको विकास गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ

महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको विकासमा लाग्न विभिन्न राजनीतिक दल, स्थानीय सुमदाय तथा युवा पुस्तासँग आग्रह गरेका छन् ।

दोलखा सांस्कृतिक डबलीको शुभारम्भ एंव परिचयात्मक कार्यक्रमको शनिवार उद्घाटन गर्दै उनले राजनीतिक रुपमा फरक फरक आस्था र विचार भए पनि दोलखा जिल्लाको पर्यटनसँगै आर्थिक विकासका लागि एकजुट हुन अपिल गरेका हुन् ।

मन्त्री गुरुङले भने, ‘दोलखा जिल्लाको समग्र विकासका लागि सरकार पक्ष वा प्रतिपक्ष भनिरहनु पर्दैन, जुन पार्टीमा भए पनि एकजुट भएर लाग्नुपर्छ ।’

दोलखा जिल्ला पर्यटकीय हिसाबले अत्यन्त सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उनले साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन स्थानीय तहबाटै पहल हुनुपर्नेमा जोड दिए । पत्रकार गोपाल थपलियाले दोलखा जिल्लालाई पर्यटकीय रुपमा विकास गर्न सरकारले पनि प्राथमिकता दिनुपर्ने धारणा राखे ।

समाजसेवी दिव्यमणि राजभण्डारीले नेपालको परिवर्तनका लागि भएका धेरै संघर्षहरू दोेलखा जिल्लाबाटै शुरू भएपनि त्यस जिल्लालाई सबैले बिर्सिंदै गएको गुनासो गरे । डबलीका अध्यक्ष मदनदास श्रेष्ठले दोलखा जिल्लामा बसोबास गर्ने जिरेल, थामी र सुरेल सुमदायको कला, संस्कृति र परम्परा जोगाउन युवा पुस्ताको योगदान हुनुपर्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्