०८ असार २०८३, सोमबार

पाम आयल निर्यातका लागि पहल थाल्न सरकारलाई कांग्रेसको आग्रह

पाम आयल निर्यातका लागि पहल थाल्न सरकारलाई कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भए पनि निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत संकट उत्पन्न हुने जनाएका छन् ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये पाम आयल पनि एक हो । यसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुर्‍याइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्