११ साउन २०८३, सोमबार

प्रदेश विनाको संघीयता अपूरो हुन्छ : मुख्यमन्त्री गुरुङ

प्रदेश विनाको संघीयता अपूरो हुन्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयताको सफलताका लागि प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

मुख्य न्याधिवक्ताको कार्यालय, गण्डकी प्रदेशको आयोजना एवं संसदीय पत्रकार मञ्च, गण्डकीको संयोजनमा शनिबार आयोजित कानूनी पत्रकारिता अभिमुखीकरण कार्यक्रममा उनले प्रदेश विनाको संघीयता अपूरो हुने बताएका हुन्।

कानून निर्माणका प्रक्रियालगायत सञ्चारकर्मीले जानकारी लिनुपर्ने बताउँदै उनले तालीम बहुउपयोगी भन्ने विश्वास व्यक्त गरे। समानता र अवसरको विषयसँगसँगै जानुपर्ने बताउँदै उहाँले समानताको कुरा गरेर मात्रै नभई समान अवस्थाको सिर्जना हुने गरी वातावरण निर्माण गर्नुपर्ने बताए।

 

salt training

कमेन्ट गर्नुहोस्