नेपालको सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सीजील जाडोलाई लक्षित गरी विभिन्न किसिमका नयाँ घरायसी सामाग्रीहरू बजारमा ल्याएको थियो ।
ती सामानहरूको बिक्री सोचेभन्दा पनि बढी भएको दाबी कम्पनीले गरेको छ, जसअन्तर्गत रूम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्यास गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरू रहेका थिए ।
रूम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरूप र आकर्षक रंगहरूमा ल्याएको छ, जसले कोठालाई एकदमै न्यानो पार्ने गर्दछ । जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सीजीले ग्राहकको बजेटलाई ध्यानमा राखी ग्याँस तथा इलेक्ट्रिक गरी दुई किसिमका गिजर बजारमा ल्याएको छ ।
त्यसैगरी केही समयमानै कुनै झ्नझ्टविना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रिक केटल र हटपटहरू पनि उपलब्ध छन् ।
तातिएको पानिलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरू पनि उपलब्ध गराएको सीजीले जनाएको छ ।