
प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार तय गर्न नसकेकाले बैठक स्थगित गरिएको हो ।
शुक्रवार अपराह्न १ बजे बस्ने भनिएको बैठक उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामा विवादले बस्न नसकेको हो ।
गत १६ गतेका लागि बोलाइएको संसद्को बैठक सूचनामार्फत आजसम्मका लागि स्थगित गरिएको थियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गर्न शनिवार आग्रह गरेको थियो ।
उनले नेकपाको निर्णय नमान्ने र आइतवारको बैठक सञ्चालन गर्ने बताउँदै आएकी थिइन् ।
सभामुखको उम्मेदवारमा सहमति जुटन नसकेपछि फेरि एक साताका लागि बैठक सूचनामार्फत स्थगित भएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
संसद्को हिउँदे अधिवेशन पुस ४ गते शुरू भएको थियो । त्यसपछि ११ र १६ गतेका लागि बोलाइएका बैठक सूचनामार्फत स्थगित गरिएको थियो ।
