११ साउन २०८३, सोमबार

नेकपाभित्रको गुटका कारण संसद पंगु भएको डाक्टर भट्टराईको आरोप

नेकपाभित्रको गुटका कारण संसद पंगु भएको डाक्टर भट्टराईको आरोप

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेकपाभित्रको गुटका कारण प्रतिनिधिसभा पंगु बनेको आरोप लगाएका छन् ।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डाक्टर भट्टराईले माघ ६ गतेसम्म संसद स्थगित भएको भन्दै आक्रोश पोखेका हुन् ।

'हिजो दलीय खिचातानिले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो,' उनले ट्वीटरमा लेखेका छन्, 'तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु/निष्काम हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ? धन्य कणहरू !'

salt training

कमेन्ट गर्नुहोस्