
शहीद स्मारक 'ए' डिभिजन लीगमा फ्रेन्ड्सले थ्री स्टारलाई पराजित गरेको छ ।
आइतवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले बलियो मानिएको टीम थ्री स्टारलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
फ्रेन्ड्सलाई ३ अंक दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले गोल गरे ।
उनले खेलको १३ औं मिनेटमा गोल गरेका थिए ।
थ्री स्टार अंकतालिकाको चौथो स्थानमा तथा फ्रेन्ड्स ११ औं स्थानमा छ ।