
शंखरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ ।
काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा६४प ६८०९ नम्बरको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो ।
उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।
प्रहरीका अनुसार मोटरसाइकल नेपाली नम्बर प्लेट र भारतीय नम्बर प्लेट रहेको २ स्किारपियोमा ठोक्किएर दुर्घटना भएको हो । चाबहिलबाट साँखु जाँदै गरेको बा१६च ८७७० नम्बरको स्कारपियो सडकको बीचमा रोकिराखेको र उक्त स्किारपियोले ढोका खोल्दा मोटरसाइकल ढोकामा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बीआर०६पिडी४०५९ नम्बरको भारतीय स्कारपियोले थप ठक्कर दिएको हुनसक्ने प्रहरीको भनाइ छ ।
प्रहरीले दुवै स्किारपियो चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।