२८ जेठ २०८३, बिहीबार

नेपालका लागि भारतका नयाँ राजदूत विनय मोहन क्वात्रा प्रस्तावित

नेपालका लागि भारतका नयाँ राजदूत विनय मोहन क्वात्रा प्रस्तावित

नेपालका लागि भारतका राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल सकिएपछि भारत सरकारले वरिष्ठ कूटनीतिकर्मी विनय मोहन क्वात्रालाई नयाँ राजदूत बनाउन लागेको नेपाली सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै लेखेका छन् । 

क्वात्रा अहिले फ्रान्सका लागि भारतीय राजदूत हुन् । 

उनले छिट्टै नै काठमाडौं आएर जिम्मेवारी सम्हाल्ने बताइएको छ । 

सन् २००६ देखि २०१० सम्म उनले काठमाडौंमा रहेको सार्क सचिवालयमा ट्रेड, इकोनोमी यान्ड फाइनान्स ब्युरोको प्रमुख बनेर काम गरेका थिए ।

क्वात्राले भारतको प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका छन् । उनी भारतको विदेश मन्त्रालयको पोलिसी प्लानिङ यान्ड रिसर्च डिभिजनको अध्यक्ष समेत थिए । 

उनले चीन र अमेरिकामा रहेको भारतीय कूटनीतिक मिसनहरूमा समेत काम गरिसकेका छन् ।

उनी फेब्रुअरीमा काठमाडौं आउने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्