चितवनको भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनले विभिन्न उपकरणहरू हस्तान्तरण गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्कीले भरतपुर पुगेर ती उपकरणहरू हस्तान्तरण गरेकी हुन् ।
भरतपुर पुगेका बेला राजदूत याङ्कीले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसँग भेटवार्ता पनि गरेकी छन् ।
भेटमा महानरको विकासका बारेमा छलफल भएको मेयर दाहालले फेसबूक मार्फत जनाएकी छन् ।
'नेपालका लागि चिनियाँ महामहिम राजदूत HOU YANQI भरतपुर भ्रमणका सन्दर्भमा भरतपुर महानगरपालिका कार्यलय र बीपी क्यान्सर अस्पतालमा स्वागत गर्दै, साथै उहाँसँग महानगर विकासका बारेमा आवश्यक छलफल एवं क्यान्सर अस्पताललाई दूतावासको तर्फबाट स्वास्थ्य उपकरणहरूको हस्तान्तरण कार्यक्रम सम्पन्न,' केही तस्वीरहरू राख्दै मेयर दाहालले लेखेकी छन् ।