
नेपाल भ्रमण वर्ष २०२० कर्णाली प्रदेश सरकारले बडो तामझामका साथ १ जनवरीका दिन बुलबुलेमा उद्घाटन गर्यो ।
उद्घाटन समारोहको खर्च करीब १८ लाख भएको प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
‘हामीले ३ चरणमा कार्यक्रमलाई व्यवस्थापन गरेका थियौं,’ मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले भने, ‘प्रचारप्रसार, सांस्कृतिक कार्यक्रम र मञ्च व्यवस्थापन गरी ५ लाखभन्दा कममा कोटेसनमार्फत ठेक्का दिएका थियौं । यसका लागि बढीमा १५ लाख रुपैयाँ खर्च भएको छ ।’
उद्घाटन समारोहमा हेलिकप्टर खर्च ७९ हजार ६१० रुपैयाँ खर्च भएको छ । प्याराग्लाइडिङतर्फ करीब १ लाख रुपैयाँ खर्च भएको छ । उनका अनुसार अहिले बिल संकलन गर्ने र भुक्तानीको प्रक्रिया शुरू गरिएको छ । कुन शीर्षकमा कति खर्च भयो भन्ने कुरा १–२ दिनमा नै सार्वजनिक गरिने जनाइएको छ ।