१९ असार २०८३, शुक्रबार

प्रहरी आर्थिक अनियमिततामा संलग्न भएकाे पाइए कारबाही गरेरै छाड्छु : डीआईजी पोखरेल

प्रहरी आर्थिक अनियमिततामा संलग्न भएकाे पाइए कारबाही गरेरै छाड्छु : डीआईजी पोखरेल

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरलेलले प्रहरी संगठनको गरिमा हरेक प्रहरीको छबिमा जोडिएकाले संगठनलाई आँच आउने कुनै पनि अमर्यादित वा अबान्छित क्रियायाकलाप नगर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

डीआईजी पोखरेलले मंगलबार महानगरीय प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा उक्त कुरा बताएका हुन् । 

निर्देशनको क्रममा पोखरेलले प्रहरी सेवा प्रवाहको पहिलो कडी भनेको मिठो बोली बचन शिष्ट नम्र व्यवहार  र कानून कार्यान्वयनमा तटस्थता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहाट कारवाही गर्न निर्देशन दिए। डिउटीमा खटिएको कुनै पनि कर्मचारीले आफ्नो डिउटी इमान्दारिता पूर्वक निभाएको छ भने उसको मनोबल गिर्ने गरी  कोही कसैले कार्य गरेमा त्यस्तालाई  कारवाही गर्ने चेतावनी दिए।

कुनै पनि प्रहरी कर्मचारीहरूले व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटिएमा वा आर्थिक अनियमितता गरेको फेला परेमा त्यस्ता कर्मचारीहरूलाई कारवाही गरेरै छाड्छु भन्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताए।

आफ्नो एरिया शान्त, सुरक्षित राख्नको लागि योजना बनाई, कार्यान्वय गरी नागरिकहरूले सुरक्षाको प्रत्याभूति हुने गरी कार्य गर्ने निर्देशन दिँदै नेपाल सरकारले अंगिकार गरेको सुशासन र समृद्ध नेपालको लक्ष्य पुरा गर्ने राज्य संयन्त्रमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहने गरी कार्य गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्