०३ असार २०८३, बुधबार

समातियो १६० किलोको माछा

समातियो १६० किलोको माछा

अमेरिकाको फ्लोरिडामा १६० किलो तौल भएको माछा समातिएको फ्लोरिडा फिश यान्ड वाइल्डलाइफ कन्जर्भेसन कमिसनले जनाएको छ ।

यो विशाल माछा वार्सा ग्रूपर हो र यसलाई पुस १३ मा पानीमुनि ६०० फीटबाट निकालिएको फिश यान्ड वाइल्डलाइफ रिसर्च इन्स्टिच्युटको कथन छ । 

उक्त संस्थाले फेसबूकमा शेयर गरेका तस्वीरमा एक मानिसले माछा समातेर उभिएको देखिन्छ । 

इन्स्टिच्युटले लेख्यो, ‘यो माछा कम्तीमा ५० वर्षको हुनुपर्छ । यस माछाबाट ओटोलिथ झिक्नु महत्त्वपूर्ण छ किनकि ठूला र बूढा माछाबाट स्याम्पल निकाल्न दुर्लभ छ ।’

ओटोलिथ भनेको माछाको मस्तिष्कपछाडि रहेको कठोर संरचना हो । यसले माछालाई सुन्न, सन्तुलन मिलाउन र आफूलाई तयार राख्न मद्दत गर्छ । वैज्ञानिकहरूले ओटोलिथको वृद्धि हेरेर माछाको आयु अनुमान गर्छन् । 

वार्सा ग्रूपर माछाको अधिकतम लम्बाइ ७.५ फीट हुन्छ भने तौल २६४ किलोसम्म हुन्छ । 

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्