०३ असार २०८३, बुधबार

प्रदेशस्तरीय पुरुष भलिबलमा चितवन विजयी

प्रदेशस्तरीय पुरुष भलिबलमा चितवन विजयी
प्रतिकात्मक तस्वीर

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा आयोजित वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनलमा चितवन जिल्ला विजयी भएको छ ।  विजेता चितवनले २५–२०, २५–२३ र २६–२४ को अन्तरले रामेछापलाई पराजित गरेको थियो ।

प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले  विजेता र उपविजेतालाई क्रमशः रु दुई लाख दुई हजार २० र रु  एक लाख एक हजार १० सहित ट्रफी, पदक र प्रमाणपत्रसहित पुरस्कृत गरे ।

भलिबलमा जिल्लाकै ठूलो धनराशि पुरस्कार रहेको उक्त प्रतियोगिता गत पुस २६ गतेदेखि शुरू भएको थियो ।

प्रतियोगितामा काठमाडौं र रसुवाबाहेक ११ जिल्लाको सहभागिता रहेको आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रवीन गौतमले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्