१० साउन २०८३, आइतबार

भाेलि अधिकतम तापक्रम घट्ने, तराईमा शीतलहरकाे सम्भावना

भाेलि अधिकतम तापक्रम घट्ने, तराईमा शीतलहरकाे सम्भावना

पश्चिमी न्यून चापिय वायुका कारण बिहीबार काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा भएको छ।

बुधबार मुलुकको पश्चिमी क्षेत्रमा वर्षा भएको थियो।

बिहीबार मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात समेत भयो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइसकेको छ ।

पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले शुक्रबारसम्म पानी पर्ने सम्भावना छ । यद्यपि, झरी भने नहुने जनाइएको छ। देशभरिकै मौसम शुक्रबार रातिसम्म पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन्।

तराईमा फेरि हुस्सु र कुहिरो लाग्न सक्ने र  फलतः  शुक्रबार र शनिबार अधिकतम तापक्रम घट्ने महाशाखाले जनाएको छ। 

 

salt training

कमेन्ट गर्नुहोस्