१६ असार २०८३, मंगलबार

अविरल वर्षाले काष्ठमण्डपका लागि थप काठ ल्याउन समस्या

अविरल वर्षाले काष्ठमण्डपका लागि थप काठ ल्याउन समस्या
प्रतिकात्मक तस्वीर

विगत ५ दिनदेखि नियमित वर्षा भएपछि काष्ठमण्डप पुनर्निर्माणका लागि अभाव भएको आवश्यक काठ ल्याउन समस्या भएको छ ।

निर्माणका क्रममा काठको अभाव भएपछि ८ हजार क्युफिट काठ धनगढीबाट ल्याइने तयारी भएको थियो । अगुप भएको काठ गत पुस १५ सम्ममा ल्याइने तयारी गरेपनि हालसम्म  ल्याउन सकिएको छैन । 

अबको केही दिनमा काठ ल्याउने तयारी भएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । माघसम्म पनि काठ ल्याउन नसके पुनर्निर्माणको काम रोकिने छ । छानाका लागि ८ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा धनगढीबाट काठ ल्याउने तयारी गरिएको हो ।

निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोका बुट्टा कुद्ने काम भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको छ ।

‘अहिले मुख्य ४ थाम राखी बिचमा गारो लगाउने काम सकिएको छ,’ उनले भने । समयमा नै काठको व्यवस्था भए यसअघिभन्दा तीव्ररूपमा काम हुने जनाइएको छ । हाल दैनिक ३० कामदारले नियमितरूपमा काम गरिरहेका छन् । 

विक्रम संवत् २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रूपमा सो सम्पदाको पुनर्निर्माण शुरू गरिएको हो । ३ वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो ।

प्रयोग गरिएका ४ थाममध्ये ३ नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ । 

ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई ५ करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । सातौं शताब्दीको काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको हो ।

केही यसअघिकै पुराना काठको प्रयोग भएपनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्