३० जेठ २०८३, शनिबार

भ्रमण वर्ष प्रवर्द्धनमा कूटनीतिक नियोग

माघ ५, २०७६
भ्रमण वर्ष प्रवर्द्धनमा कूटनीतिक नियोग

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने औपचारिक सुरुआत गरेसँगै विभिन्न देशमा रहेका कूटनीतिक नियोगहरूले अत्यन्त राम्रोसँग भ्रमण वर्षको प्रवद्र्धन शुरू गरेका छन् ।

सन् २०२० भित्र नेपालमा २० लाख पर्यटकको भ्रमण गराउने लक्ष्यसहित राष्ट्रपति विद्यादेवी भण्डारीले जनवरीको पहिलो दिन नेपाल भ्रमण वर्षको समुद्घाटन गरेका थिए ।

‘नेपाल भ्रमण वर्ष २०२०: जीवनभरका लागि अनुभव’ नारासहित शुरू भएको भ्रमण वर्षलाई सफल बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालका कूटनीतिक नियोगलाई अभियान शुरू गर्न निर्देशन दिएसँगैैैै कूटनीतिक नियोगको सक्रियता बढेको हो ।

नेपालमा भ्रमण वर्ष शुरू भइसकेको छ भने छिमेकी मुलुकमा भने धमाधम नेपाल भ्रमण वर्षलाई सफल बनाउने अभियानको घोषणा भइरहेका छन् । विदेशस्थित कूटनीतिक नियोगहरूले नेपालको छवि प्रस्फुटन गर्दै विदेशी पर्यटक आकर्षण गर्न विविध कार्यक्रम गर्दै आएका छन् । कतै सडक प्रदर्शन र पदयात्रा गरिएका छन् भने कतै चर्चित व्यक्तित्वले नेपालका बारेमा प्रचार गरेको पाइएको छ ।

कूटनीति देशको आर्थिक विकाससँग नजिक रहेकाले पर्यटनका लागि पनि महìवपूर्ण साध्यका रूपमा रहेको छ । मन्त्री ज्ञवालीका अनुसार नेपालका विभिन्न ३० देशमा दूतावास छन् । कतिपय देशका दूतावासले छभन्दा बढी देश हेर्ने गर्छन् । तीनवटा संयुक्त राष्ट्रसङ्घीय मिसनसँगै १६८ देशसँग नेपालको दौत्य सम्बन्ध कायम छ ।

परराष्ट्र मन्त्रालयका नीति योजना महाशाखाका सहसचिव कुमारराज खरेलले भने, “अत्यन्त राम्रोसँग भ्रमण वर्षको प्रवद्र्धन कूटनीतिक नियोगहरूले गरिरहेका छन्, युरोप र अमेरिकातिर भने छुट्टीको समय रहेकाले केही ढिला भइरहेको छ ।” गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्