२८ जेठ २०८३, बिहीबार

विषादीयुक्त खाद्यान्न बजारमा नल्याउन सरकारलाई आदेश

माघ ५, २०७६
विषादीयुक्त खाद्यान्न बजारमा नल्याउन सरकारलाई आदेश

विषादी प्रयोग गरिएका खाद्यान्न प्रयोग गरिने समयभन्दा अघि बजारमा आउन नदिन अनुसन्धान गरी प्रभावकारी रूपमा कायान्वयन गर्न सर्वाच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीशहरू पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विषादीका विषयमा प्रभावकारी व्यवस्था कायान्वयन गर्न सरकारलाई आदेश दिएको हो ।

सर्वोच्चले विषादी प्रयोग गरिएका खाद्यान्न कति समयपछि प्रयोगमा ल्याउन सकिने हो भन्ने कुरा विशेषज्ञबाट यकिन गर्न पनि उनीहरूले दिएको आदेशको पूर्णपाठमा उल्लेख छ। 

तरकारीलगायतका खाद्यान्नमा अत्यधिक विषादी प्रयोग गरिएको भए पनि त्यस्ता खाद्यान्नलाई समयअगावै बजारमा पठाई प्रयोगमा ल्याइने गरिएको आराप लाग्दै आएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्