२५ असार २०८३, बिहीबार

सम्पर्कमा नआएपछि गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारीमा प्रहरी

सम्पर्कमा नआएपछि गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारीमा प्रहरी
फाइल तस्वीर

प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ ।

महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता उवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले राउत सम्पर्कमा नआएपछि उनलाई पक्राउ गर्ने तयारी थालिएको बताइन् ।

प्रहरीले राउतलाई पटकपटक सम्पर्कको कोशिश गरेपनि सफल हुन सकेको थिएन ।

प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै आस्था राउतविरुद्ध विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

सीसीटीभी फूटेज र प्रतिवेदन महानगरीय प्रहरी कार्यालयमा आइसकेकाले कार्यालयले अनुसन्धान शुरू गरेको एसएसपी बज्राचार्यले बताइन् ।

आस्था राउत र महिला प्रहरी कर्मचारी दुवै पक्षलाई बोलाएर अनुसन्धान गरेपछि कसलाई कारवाही गर्ने भन्ने टुंगो लाग्ने एसएसपी बज्राचार्यले लोकान्तरलाई बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्