०७ साउन २०८३, बिहीबार

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुखका लागि स्थायी कमिटी सदस्य समेत रहेका सांसद अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । 

सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहान भएको छलफलमा सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद सापकोटालाई उम्मेदवार बनाउने सहमति जुटेको थियो ।

दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि सचिवालयको बैठक बोलाइएको थियो ।

यसअघि पुस २६ गते बसेको सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न आग्रह गरेको थियो ।

 

कमेन्ट गर्नुहोस्