भारतको राजस्थान, अजमेरकी अल्ट्रा धावक सूफिया खान। उनले ८७ दिनमा ४ हजार ३५ किलोमिटर दौडेर विश्व कीर्तिमान कायम गरेकी छन्। सूफिया पछिल्लो पटक कश्मीरदेखि कन्याकुमारीसम्म दौडेकी हुन्।
उनको उद्देश्य थियो, देशका २२ शहरमा जाने र भाइचारा, एकता, शान्ति र समानताको सन्देश दिने।
यो अभियान अन्तर्गत उनले ४ हजार ३५ किलोमिटर दौडेपछि गिनीज बुक अफ वर्ल्ड रेकर्डको सर्टिफिकेट प्राप्त गरेकी हुन्।
सोफियाका अनुसार १ सय दिनमा दौड पूरा गर्ने लक्ष्य भए पनि ८७ दिनमा पूरा भएको हो।
उनी एउटा एयरलाइन कम्पनीमा जागिरे थिइन्। तर पछिल्लो पटक उनले जागिर छाडेकी थिइन्। -एजेन्सी