२५ जेठ २०८३, सोमबार

उपसभामुखले राजीनामा गर्ने, १ बजेपछि शंकर हलमा पत्रकार सम्मेलन

उपसभामुखले राजीनामा गर्ने, १ बजेपछि शंकर हलमा पत्रकार सम्मेलन
फाइल फोटो

आफूलाई सभामुख बनाउन मागसहित राजीनामा नगर्ने अडान लिँदै आएकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्ने तयारी गरेकी छन् । 

प्रतिनिधि सभाको सोमवारको बैठक सञ्चालन गरेर उनले राजीनामाको तयारी गरेकी हुन् । 

‘राजीनामाको तयारी गर्नुभएको छ, दिउँसो १ बजे संसद् भवनको शंकर हलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ,’ उपसभामुखका एक सहयोगीले लोकान्तरसँग भने । 

नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा गर्न लागेकी हुन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ । 

सभामुख निर्वाचनको कार्यक्रमअगाडि बढाउने बैठक छोटो समयका लागि बस्ने सचिवालयका एक अधिकारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्