२२ जेठ २०८३, शुक्रबार

होभरबोर्डमा चढेर रोगीको दाँत निकाल्ने दन्तचिकित्सक दोषी ठहर (भिडियो)

होभरबोर्डमा चढेर रोगीको दाँत निकाल्ने दन्तचिकित्सक दोषी ठहर (भिडियो)

अमेरिकाको अलास्कामा एक दन्तचिकित्सकले होभरबोर्डमा चढेर एक महिलाको दाँत निकालेको पाइएपछि दोषी ठहर गरिएको छ । त्यसपछि उनका बारेमा व्यापक अनुसन्धान गरिएपछि उनले स्वास्थ्य सेवा मेडिकएडबाट १९ लाख डलर ठगेको समेत पत्ता लाग्यो ।

सेथ लूकहार्ट नामक ती चिकित्सकले सन् २०१६ को जुलाई महिनामा क्लीयर क्रीक डेन्टलमा भेरोनिका विल्हेल्म नामक महिलाको दाँत झिक्न होभरबोर्ड प्रयोग गरेका हुन् । उनले तत्कालै दाँत निकालेर डेन्टल असिस्टेन्टलाई त्यो दाँत दिएका थिए र दुवै हात माथि उचालेर आफैंलाई बधाई दिँदै उपचारकक्षबाट बाहिरिएका थिए । 

यसको भिडियो क्लिप उनले आठजना साथीलाई पठाउँदै यो स्वास्थ्य सेवाको नयाँ मापदण्ड भएको बताएका थिए । 

शुक्रवार उनलाई स्वास्थ्यमा धोकाधडी, स्वास्थ्यको पैसा खाने योजना बनाएको, खराब आचरण देखाएको, अवैध रूपमा दन्तचिकित्सा गरेको र बिरामीको ज्यान जोखिममा पारेको आरोपमा दोषी ठहर गरिएको छ । 

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्