
बुवाको आत्महत्या र आमालाई प्यारालाइसिस भएपछि बिचल्लीमा परेका बालबालिकालाई युवा उद्यमशीलता अभियान धादिङले आर्थिक सहयोग गरेको छ ।
बुवा यमबहादुर थापा मगरको आत्महत्या र आमा लक्ष्मी थापालाई प्यारालाइसिस भएपछि १२ वर्षीया करिना थापा, १० वर्षीय काजी थापा र ७ वर्षीया सोममाया थापा बिचल्लीमा छन् ।
युवा उद्यमशीलता अभियान धादिङले संकलन गरेको ६० हजार २२७ रुपैयाँ स्थानीयको रोहबरमा हस्तान्तरण गरिएको हो ।
उक्त रकम करिनाको उपस्थितिमा स्थानीय मेखबहादुर थापामार्फत हस्तान्तरण गरिएको अभियानका सचिव रवि धमलाले जानकारी दिए ।
