०३ असार २०८३, बुधबार

भन्सार छलेर ल्याएकाे सुर्तीजन्य पदार्थसहित तीन पक्राउ

भन्सार छलेर ल्याएकाे सुर्तीजन्य पदार्थसहित तीन पक्राउ

महानगरीय अपराध महाशाखाले प्रहरीले भन्सार छलेर ल्याइएको सुर्तीजन्य पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ ।

भारतीय नागरिक मोहमद आदिल हुसेन, उदय भन्ने शरणकुमार सिंह र नेपाली नागरिक नारायण बोगटीलाई काठमाडाैँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेकाे हाे।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आपसमा ‘सेटिङ’  मिलाएर सामान भन्सार छलेर काठमाडौँ ल्याइने गरेको बताए।

पक्राउ परेकासँग प्रहरीले रजनीगन्धा सिल्भर पेरिस लेखिएको प्याकेट दुई हजार १५३ थान, रजनीगन्धा तुल्सी प्याकेट तीन हजार १६० थान, बबलु गोल्ड भुनी सुपारी लेखिएको सुपारीको प्याकेट ४२ थान, राज निवास पान मसला लेखिएको गुट्खाको पोका १८० थान, केशरयुक्त विमल पान मसला लेखिएको प्याकेट ६० थान, गलु दन्त मञ्जनका प्याकेट २७५ थान र वि–१ तम्बाकु लेखिएको पोका ९० थान बरामद गरेको छ । 

यस्तै, राजमा शर्मिला लेखिएको मीठा पान मसला ८१९ थान, स्नोपिक नथिना लेखिएको मीठा पान मसलाको बट्टा ६०० थान, बाबा १२० लेखिएको जर्दा पान मसलाका बट्टा ४२९ थान, चुरोटका बट्टा ६७ थान, कथ्थाका प्याकेट ५५ थान, गुलाब स्प्रे पान मसलाका बोतल ४४ थान र पान हनिको बट्टा ३१० थान रहेका छन् । 

यसैगरी, पास पास माउथ फ्रेस पोका २८ थान, मधु स्वीट सुपारी प्याकेट चार हजार थान, सरैया तमाखु प्याकेट ७१ थान, चैनी खैनी प्याकेट १० थान, नेपाली बिडी २४ थान, कोल ट्याब्लेटका पोका थान १०, गुलका ८१२ डिब्बा र कालो सुर्तीको प्याकेट चार हजार ५५० थान समेत बरामद गरेको छ । बरामद गरेको सामानको मूल्य रु ५० लाख भन्दामाथि रहेको महाशाखाले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई बरामद भएको सामानसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रवक्ता सिंहले बताए।

salt training

कमेन्ट गर्नुहोस्