
बाजुराको बडिमालिका नगरपालिकाका एक वडा सदस्य चरेससहित पक्राउ परेका छन्।
बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का आइतबार राति डेढकिलो चरेससहित पक्राउ परेका हुन्।
उनीसँगै गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया पनि पक्राउ परेका छन्।
प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा उनीहरुलाई हिरासतमा लिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारवाही गरिने छ ।