भारतको दिल्ली विधानसभा चुनाव आउन अब केही दिन मात्र बाँकी छ ।
नयाँ दिल्लीको हाईप्रोफाइल सीटमा आम आदमी पार्टी (आप) का अरविन्द केजरीवाल उठेका छन् ।
उक्त सीटमा भाजपाले सुनील यादव र कांग्रेसले रोमेश सभरवाललाई उठाएको छ ।
आपका बहालवाला विधायक सौरभ भारद्वाजले भाजपाको उम्मेदवार सूची हेरेर व्यंग्य कस्दै भाजपाले पहिले नै समर्पण गरेको बताए ।
भारद्वाजले भने, ‘भाजपा उम्मेदवारको सूची हेर्दा अनि मुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध उठाएको उम्मेदवार हेर्दा भाजपाले पहिले नै आत्मसमर्पण गरेको जस्तो लाग्छ ।’
भाजपाले ६७ उम्मेदवारको नाम घोषणा गरेको हो ।
नयाँ दिल्लीको सीटमा कांग्रेसले रोमेश सभरवाललाई टिकट दिएको छ । सभरवाल चार दशकदेखि कांग्रेसमा छन् ।
भाजपाले दिल्ली विधानसभा सीटबाट सुनील यादवलाई उठाएको छ । उनी लामो समयदेखि भाजपामा छन् र पार्टीमा अनेकौं जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी ट्विटरमा आम आदमी पार्टीको आलोचना गरिरहेका हुन्छन् ।
एजेन्सी