
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिवार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम पोखरास्थित पाँचतारे होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ ।
कार्यक्रममा, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ, स्याङजा, गोर्खा लगायतबाट ३०० भन्दा बढी एजेन्टको सहभागिता रहेको थियो ।
कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्ट्हरूबाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरूमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।