
प्रतिनिधिसभा सभामुख पदका लागि मंगलवार भइरहेको उम्मेदवारी दर्तामा नेपाली कांग्रेस सहभागी नहुने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेर उम्मेदवारी दर्ताको तयारी गरिरहँदा कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
कांग्रेस सांसद प्रकाश स्नेहीले कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने बताएका छन् । मंगलवार बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार प्रकरणमा मुछिएर राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुख पद रिक्त छ ।