१२ असार २०८३, शुक्रबार

सभामुखमा उम्मेदवारीपछि अग्निको प्रतिक्रिया – संसदको गरिमा राख्न भगिरथ प्रयत्न गर्नेछु

सभामुखमा उम्मेदवारीपछि अग्निको प्रतिक्रिया – संसदको गरिमा राख्न भगिरथ प्रयत्न गर्नेछु

प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दर्ता गराएका नेकपा सांसद अग्नि सापकोटाले संसदको गरिमा कायम गर्न भरपूर प्रयत्न गर्ने बताएका छन् ।

मंगलवार मध्याह्न संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै सापकोटाले संसदको गरिमा कायम राख्न भगिरथ प्रयत्न गर्ने बताएका हुन् । 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक रहेर सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । सापकोटाको समर्थकमा पूर्व सभामुख ओनसरी घर्ती, संसदीय दलका मुख्य सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी छन् । 

नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सांसद प्रकाश रसाइलीले लोकान्तरलाई जानकारी दिए । उम्मेदवारी मनोनयको समय दिउँसो २ बजेसम्म छ । अन्य दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् ।

कांग्रेसले उम्मेदवारी नदिएपछि सापकोटा निर्विरोध भएका छन् तर यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने प्रतिनिधिसभा बैठकबाट हुनेछ । माघ १२ गतेको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्