०७ असार २०८३, आइतबार

जर्मनीमा रहेको पुरानो दूतावास बेच्ने तयारीमा सरकार

जर्मनीमा रहेको पुरानो दूतावास बेच्ने तयारीमा सरकार

सरकारले जर्मनीको बोनमा १८ वर्षदेखि प्रयोगविहीन रहेको पुरानो नेपाली दूतावासको जग्गा र भवन बेच्ने तयारी थालेको छ ।

मन्त्रिपरिषद् बैठकले दूतावासको भवन र जग्गा बेच्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बेच्ने निर्णय गरिएको जानकारी दिए । 

‘नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्न दूतावासलाई अख्तियारी दिइएको छ,’ बास्कोटाले भने, ‘स्वतन्त्र निकायबाट त्यसको मूल्यांकन गराउने र बेच्ने प्रक्रिया शुरू गर्ने निर्णय भएको छ ।’

बास्कोटाले न्यूनतम मूल्य तोकी बोलकबोलमा लैजाने र सबैभन्दा बढी जसले दिन्छ त्यसैलाई बिक्री गर्ने बताए ।

महालेखापरीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनले जर्मनी एकीकरणअघि पश्चिम जर्मनीको बोनमा दूतावासका लागि नेपाल सरकारको स्वामित्वमा रहेको २ वटा घर र सो घरले चर्चेको २ हजार ८ सय ४६ वर्गमिटर जग्गा प्रयोगविहीन अवस्थामा रहेको बताएको थियो ।

अहिले नेपाली राजदूतावास जर्मनीको राजधानी बर्लिनमा सरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्