
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार विजयी भएका छन् ।
नेकपाबाट उम्मेदवार खुलातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टले जितेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार महिलातर्फ तुलसी देवकोटा र खुलातर्फ प्रताप ठगुन्ना पराजित भएका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिकास्थित पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा बिहीवार मतदान भएको थियो ।