
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ का तर्फबाट राष्ट्रिय जनता पार्टीका शेखरकुमार सिंह विजयी भएका छन् ।
अल्पसंख्यक तर्फको प्रतिस्पर्धामा शेखर सिंहले कांग्रेसका भोला पञ्जियारलाई पराजित गरेका हुन् ।
विजयी शेखरसिंहले ५ हजार ५ सय २ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका पञ्जियारले ४ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।
प्रदेश नम्बर २ मा सत्तारूढ नेकपा र राजपाबीच गठबन्धन भएको थियो ।
नेकपाका दुवै उम्मेदवार तुलसा दाहाल, राधेश्याम पासवान र राजपाका मृगेन्द्रसिंह यादव विजयी घोषित भइसकेका छन् ।