
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी केशवकुमार यादवलाई पक्राउ गरेको छ।
मुद्दा पेशीमा राखिदिन्छु भन्दै सेवाग्राहीसँग चार हजार घुस रकम लिँदै गर्दा अख्तियारले यादवलाई पक्राउ गरेको हो।
उनी जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै पक्राउ गरेको आयोगको इटहरी कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए।