०३ असार २०८३, बुधबार

राष्ट्रिय सभामा १८ नयाँ अनुहार, २ बाहेक सबैमा नेकपा

माघ १०, २०७६
राष्ट्रिय सभामा १८ नयाँ अनुहार, २ बाहेक सबैमा नेकपा

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुल १८ पदमध्ये १६ पदमा विजयी भएको छ । 

बिहीवार सम्पन्न निर्वाचनमा नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी नेपालले दुई पदमा विजय हासिल गरेको छ । 

यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका अन्य दलले कुनै प्रदेशमा विजय प्राप्त गर्न सकेनन् । 

कांग्रेसले प्रदेश २ मा समाजवादी दलसँग गठबन्धन गरेपनि दुवै दललाई सफलता मिलेन । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्