
सरकारले काठ आयात कम गर्न वार्षिक रूपमा बजेट विनियोजन गर्दै आए पनि कार्यान्वयन पक्ष भने कमजोर रहेको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि सरकारले आठ वर्षदेखि कार्यक्रम सुचारु गर्दै आएको छ ।
नेपालमा २०६८ सालदेखि वैज्ञानिक वन व्यवस्थापनको शुरूवात भएपनि यसको प्रभावकारी कार्यान्वयन भने ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ आएपछि मात्रै अघि बढेको हो ।
तराई र भित्री मधेसमा वन जंगलको वैज्ञानिक एवम् दिगो व्यवस्थापन गरी स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन, वातावरण सन्तुलन कायम राख्न तथा वन पैदावारको माग आपूर्ति गर्न आर्थिक वर्षै २०६६/६७ देखि साझेदारी वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा आएको यो कार्यक्रम सोचेजस्तो सफल हुन नसकेको यसका अभियन्ता केशव कँडेल बताउँछन् । राजधानी दैनिकमा खबर छ ।