०१ साउन २०८३, शुक्रबार

ठेकेदारको हेलचक्र्याइँले सेतीको पुल अलपत्र,  कारबाहीको सिफारिस गर्न मुख्यमन्त्रीको निर्देशन

ठेकेदारको हेलचक्र्याइँले सेतीको पुल अलपत्र,  कारबाहीको सिफारिस गर्न मुख्यमन्त्रीको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमा पक्की पुलको काम तत्काल सञ्चालन गराउन निर्देशन दिएका छन्। 

पुल निर्माण शुरु गरिएको वर्षौ बितिसक्दा समेत उक्त पुलको काम पछिल्लो समय रोकिएका कारण मुख्यमन्त्री भट्टले तत्काल काम शुरु गराउन निर्देशन दिएका हुन्।

सडक डिभिजन कार्यालय दिपायल कुल्पतेका निमित्त प्रमुख वीरेन्द्र चन्दलाई मुख्यमन्त्री भट्टले मुख्यमन्त्री सम्पर्क कार्यालय दिपायल राजपुरमा बोलाएर पुलको काम तत्काल शुरु गराउन निर्देशन दिएका हुन्।

मुख्यमन्त्री भट्टले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम शुरु गर्न आनाकानी गरे कारवाहीका लागि प्रदेश मन्त्रालयमा सिफारिश गर्न समेत सडक डिभिजन कार्यालयका निमित्त प्रमुख चन्दलाई निर्देशन दिए।

डिभिजन कार्यालयका निमित्त प्रमुख वीरेन्द्र चन्दले गलत लागत अनुमान तथा ठेकेदार कम्पनीको हेलचक्र्याइँका कारण पुल निर्माणमा समस्या भएको बताए। जिल्लाको सातनाली–मेल्लेक–बझाङ सडकलाई के आइसिंह राजमार्गसँग जोड्न शिखर नगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि पक्की पुल निर्माण गर्न २०७१ असार २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०७४ असार २० गतेभित्र पुल निर्माण भइसक्नुपर्ने भए पनि पुलको निर्माण अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै भएको छ ।

मूल्य अभिवृद्धि करसहित २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब ४०० मिटर लामो उक्त पक्की पुलका लागि डिभिजन सडक कार्यालय दिपायल कुलपातेले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। हालसम्म पुलका दायाँ र बायाँ खम्बा पनि उठाइएको छैन। 

salt training

कमेन्ट गर्नुहोस्