३० जेठ २०८३, शनिबार

उपसभामुखको खोजी शुरू, कांग्रेसले पाउला कि राजपाले ?

माघ १२, २०७६
उपसभामुखको खोजी शुरू, कांग्रेसले पाउला कि राजपाले ?

सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी शुरू भएको छ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाइसकेको छ। सभामुख चयनको औपचारिक घोषणा आज बस्ने संसद् बैठकले गर्नेछ। 

सभामखमा सापकोटाको एक्लो उम्मेदवारी दर्ता भएको छ। 

उपसभामुखमा भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले दाबी गरेका छन्। नेकपाले उपसभामुख कांग्रेस र राजपा कसलाई दिने भन्ने निर्णय गरेको छैन।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुखका बारेमा कांग्रेस र राजपासँग छलफल गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्