
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित गर्ने प्रक्रिया रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतमा आइतवार सुनुवाइ हुँदैछ ।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले रिटको सुनुवाइ गर्दैछ । सापकोटालाई सभामुख न्यायाधीश नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार सर्वोच्चमा रिट दायर गरेका थिए । दिउँसो ३ बजे बस्ने बैठकले सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित गर्ने कार्यसूची छ ।
सभामुखका लागि एकमात्र उम्मेदवारी दर्ता भएको थियो ।