
प्रत्येक वर्ष जनवरी २६ तारिखका दिन छिमेकी देश भारतले गणतन्त्र दिवस मनाउने गर्छ ।
गणतन्त्र दिवसमा विभिन्न देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथि बनाएर ल्याउने गरिन्छ ।
गणतन्त्र दिवसको अवसरमा भारत सरकारले विदेशी राष्ट्रप्रमुखहरूलाई सम्मानित अतिथि अर्थात् गेस्ट अफ अनरका रूपमा निमन्त्रणा गर्ने गरेको छ ।
आज भारतमा मनाइँदै गएको गणतन्त्र दिवसमा ब्राजिलका राष्ट्रपति जेयर मेसियास बोल्सोनारो मुख्य अतिथिका रूपमा उपस्थित भएका छन् ।
सन् १९९९ मा नेपालका तत्कालीन राजा वीरेन्द्रलाई गणतन्त्र दिवसको परेडमा गेस्ट अफ अनरका रूपमा निमन्त्रणा गरिएको थियो ।
त्यतिखेर केआर नारायणन भारतका राष्ट्रपति थिए भने अटलविहारी वाजपेयी भारतका प्रधानमन्त्री थिए ।
राजा वीरेन्द्रपछि नेपालका कुनै पनि राष्ट्रप्रमुखलाई भारतको गणतन्त्र दिवस समारोहमा बोलाइएको छैन ।