११ साउन २०८३, सोमबार

३२ वर्षपछि के गर्दैछन् महाभारत धारावाहिकका कलाकार ?

माघ १२, २०७६
३२ वर्षपछि के गर्दैछन् महाभारत धारावाहिकका कलाकार ?

सन् १९८८ मा भारतको राष्ट्रिय टेलिभिजन दूरदर्शनमा महाभारत धारावाहिक आउने गर्थ्यो । उक्त धारावाहिक अत्यन्तै लोकप्रिय भयो ।

त्यसका सबै कलाकारहरू दर्शकको हृदयमा बस्न सफल भए । अहिले ती कलाकारहरू के गरिरहेका होलान् भन्ने जिज्ञासा धेरैजनामा छ । 

द्रौपदी बन्ने रूपा गांगुली भारतको माथिल्लो सदन राज्यसभामा भारतीय जनता पार्टीकी सदस्य छिन् । 

भीष्म पितामह बन्ने मुकेश खन्नाले पछि शक्तिमान धारावाहिकबाट पनि नाम कमाए । उनी चलचित्र सिकाउने संस्था एफटीआईआईका अध्यक्ष पनि बने । अहिले उनी जयपुर र आगरामा अभिनयको स्कूल चलाउँछन् । 

भगवान् कृष्णको भूमिका निर्वाह गर्ने नितीश भारद्वाज पशुचिकित्सक हुन् । उनी चुनाव जितेर सांसद समेत भइसकेका छन् । उनले फिल्म र सिरियलहरूको निर्देशन समेत गरेका छन् । पछिल्लोपटक उनी केदारनाथ फिल्ममा देखिएका थिए ।

युधिष्ठिर बन्ने गजेन्द्र चौहान पछि एफटीआईआईका अध्यक्ष बने तर उनको खुबै विरोध गरियो । उनले खुली खिडकी लगायतका फिल्महरूमा पनि खेले । 

पहलमान पुनीत इस्सर महाभारतमा दुर्योधन बनेका थिए । त्यसपछि पनि उनी पर्दामा धेरैपटक देखिए । उनले अनेकौं फिल्ममा भिलेन बन्नुबाहेक रियालिटी शो बिग बोसमा पनि उपस्थिति जनाएका छन् । 

अर्का पहलमान प्रवीण कुमार महाभारतमा भीम बनेका थिए । उनी पछि फिल्म वा टीभीमा त्यति जमेनन् । सन् २०१३ मा आम आदमी पार्टी प्रवेश गरेका उनी पछि भाजपातिर गए । 

जम्मा २८ वर्षको हुँदा बूढा धृतराष्ट्रको भूमिका निर्वाह गरेका गिरिजा शंकर पछि अमेरिका गएर उतै सेटल भए । उनले एकदुईवटा रुसी फिल्ममा पनि काम गरेका छन् । 

उनीहरू बाहेक अन्य कलाकार कहिलेकाहीँ टीभी र फिल्महरूमा देखिन्छन् । सिरियलका निर्माता निर्देशक बीआर चोपडा र रवि चोपडा दुवैको मृत्यु भइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्