२१ असार २०८३, आइतबार

७ किलो सुनसहित लाहानमा २ जना पक्राउ

७ किलो सुनसहित लाहानमा २ जना पक्राउ

अवैध रुपमा बोकेर हिँडेको ७ किलो सुनसहित २ जनालाई लाहान प्रहरीले पक्राउ गरेको छ ।

लाहान नगरपालिका–८ बाट अबैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम ७५० मिलीग्राम बराबरको चाँदीका विभिन्न गहना सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे नगरपालिका–१४ बस्ने ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका–८ झिलझिले बस्ने ३८ वर्षीय दल बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त गहनाहरू सहित फेला पारी उनीहरुलाई  पक्राउ गरेको हो ।
 

 

salt training

कमेन्ट गर्नुहोस्