
गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘मनाङे’ धरौटीमा रिहा भएका छन् ।
आइतवार प्रमुख जिल्ला अधिकारी रमेशकुमार शर्माले ६ हजार धरौटीमा मनाङेलाई रिहा गर्न आदेश दिएका हुन् ।
गत माघ ९ गते अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई पक्राउ गरेको थियो ।
एन्फा अध्यक्ष गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए ।
प्रहरीले मनाङेलाई पक्राउ गरेपछि गुरुङलाई पनि पक्राउ गरेको थियो ।