
तालिबानको नियन्त्रणमा रहेको भूमिमा ८० जना यात्रु बोकेको एक विमान सोमवार दुर्घटनाग्रस्त भएको छ ।
आरियाना अफगान एयरलाइन्स गजनी प्रान्तको दुर्गम पहाडी देह याक जिल्लामा दुर्घटनाग्रस्त भएको छ । विमान हेरातबाट काबुल जाँदै थियो ।
यात्रु तथा विमान कर्मचारीहरूले स्थितिका बारेमा केही थाहा हुन सकेको छैन तर हताहतीको आशंका गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, विमानमा कुल ८३ व्यक्ति सवार थिए जसमा तीनजना विमान कर्मचारी थिए । राज्यको स्वामित्व रहेको उक्त विमान सोमवार दिउँसो सबा १ बजे दुर्घटनाग्रस्त भएको बताइएको छ ।
समाचारहरूमा आएअनुसार, तालिबानीहरू दुर्घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेका छन् ।