०२ साउन २०८३, शनिबार

देउवा पौडेल सहमतिलाई नेताहरूको चुनौती, शुरू हुन सकेन केन्द्रीय समिति बैठक

देउवा पौडेल सहमतिलाई नेताहरूको चुनौती, शुरू हुन सकेन केन्द्रीय समिति बैठक

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौलेड र नेता कृष्ण सिटौला पक्षबीच भएको त्रिपक्षीय सहमति अनुमोदनका लागि सोमवारका लागि बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक शुरू हुन सकेको छैन ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्म पनि बस्न नसकेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए । लामो समयको विवाद तोड्दै देउवा, पौडेल र सिटौला पक्षबीच गत साता २०७७ फागुनमा महाधिवेशन गर्नेगरी सहमति जुटेको थियो ।

केन्द्रीय समितिको बैठकअघि पार्टी केन्द्रीय कार्यालय परिसरमा लोकान्तरसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उक्त सहमति मान्य नभएको प्रतिक्रिया दिए ।

‘सबै निर्णय विधानअनुसार नै हुनुपर्छ, नेताले कोठामा गरेको सहमति स्वीकार्य छैन,’ केसीले भने । केन्द्रीय समितिको लागि पार्टी केन्द्रीय कार्यालय पुगेको समयमा सभापति देउवाविरुद्ध नेविसंघ कार्यकर्ताले नाराबाजी गरेका थिए । त्यसक्रममा नेविसंघका दुई समूहका कार्यकर्ताबीच झडप समेत भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्