२३ जेठ २०८३, शनिबार

हात्ती आतंक मच्चिएपछि रातभरि सुत्दैनन् स्थानीय

हात्ती आतंक मच्चिएपछि रातभरि सुत्दैनन् स्थानीय
प्रतिकात्मक तस्वीर

बर्दियाको ठाकुरबाबा नगरपालिका–६ वनखेत गाउँमा केही दिनयता जङ्गली हात्तीले आतंक मच्चाउँदै आएको छ ।

हात्तीले ती गाउँमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । हात्तीको डरले उनीहरू रातभर जाग्राम बस्न थालेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीले गएराति तीन वटा घर भत्काइदिएको छ । ठाकुरबाबा नपा–६ वनखेतका चन्द्रकली आचार्यको कच्ची टिनले छाएको घर, जेगरुपी थारुको टिनले छाएको कच्ची घर र कुटु थारुको खरले छाएको कच्ची घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखिएको धानसमेत खाएर नष्ट गरेको छ ।

यसैगरी सोही गाँउका तुलाराम पौडेलको खरले छाएको भान्सा घर भत्काएर घरमा भण्डारण गरी राखिएको चामलसमेत खाएर नष्ट गरेको पीडितले बताएका छन् ।

जङ्गली हात्तीको आतंकबाट करीब दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएको प्रहरीको अनुमान छ । 

हात्तीले गाउँमा पसेर सर्वसाधारणको घर भत्काउन र अन्नपात खान थालेपछि अहिले त्यहाँको जनजीवन त्रसित बनेको स्थानीयवासीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्